नेपालगञ्जमा फटाफट चटपटे

असल शासन प्रतिनिधि

नेपालगन्ज/ युवाहरुको रोजाई परिपुर्तिका लागि नेपालगन्जमा फटाफट चटपटे पसल शुरुवात गरिएको छ ।

नेपालगन्ज १२ भेरी प्राबिधिक शिक्षालाय मार्गमा उक्त पसल स्थापना गरिएको हो । शोभा थापा मगरले उक्त पसल शुरु गरेकी हुन् ।

युवा उद्यमशिलतालाई प्रबरधन गर्ने उद्धेश्यले पसल शुरु गरिएको थापा मगरले बताईन् ।

उक्त पसलको सोमवार उद्घाटन गरिएको छ ।

 

दिदि बहिनी समाज बाँकेकी अध्यक्ष रमादेबि शाह र बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले संयुक्त रुपमा व्यानर काटेर उक्त पसलको उद्घाटन गरेका गरेका थिए ।

कार्यक्रममा पसलकी प्रोपराईटर शोभा थापा मगरले सबै अतिथी, सहभागिहरुलाई स्वागत गरेकि थिईन् । उनले गुणस्तरिय चटपटे छिटो, छरितो ढँगले ग्राहकहरुलाई उपलब्ध गराउने बताईन् ।

  • १४ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech