समुदायमा दिएको ढाडसले मल्हमको काम गर्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज/प्रभावित समुदायमा स्वयम्सेवकहरुले गरेको काम हेर्दा सानो देखिएपनि अत्तालिएका मनहरुलाई मनोबैज्ञानिक रुपमा मजबुद बनाएको सराकारवालाहरुले बताएका छन् । स्वयम्सेवकहरुले समुदायमाका नागरिकहरुलाई दिएको ढाडसले मल्हमको काम गरेको उनीहरुको भनाई थियो ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामाजिक तथा ब्यवहार परिवर्तन तथा प्रभावित प्रति जवाफदेहिता कार्यक्रम अन्तरगत जाजरकोट र रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा परिचालीन स्वयम्सेवकको समिक्षा बैठककोमा उपस्थित जनप्रतिनिधि, कर्मचारी र पत्रकारले यस्तो बताएका हुन् ।
भुकम्प ईपिसेन्टर जाजरकोटको बारेकोट गाँउपालिकामा भएको बैठकमा गाउँपालिकाका महिला तथा बालवालिका शाखा प्रमुख डम्बर बहादुर पुनले समुदायमा स्वयम्सेवकको उपस्थितीले पालिकालाई काम गर्न निकै सहज भएको बताए । उनले बिपतको समयमा समुदायका ब्यक्तिहरुको गुनासा तथा समस्या सुनेर समाधानका लागि सहकार्य गर्नु प्रशंसनिय कार्य रहेको बताए । बैठकमा अनुभव सुनाउदै बारेकोट गाउँपालिकामा कार्यरत स्वयम् सेवक रेबिका बिकले शुरुवातका दिनहरुमा समुदायमा सन्देस लिएर जादा गर्ने व्यवहार र अहिलेको व्यवहार नितान्त फरक र बदलिएको बताए । घरघरमा गरेको सचेतनाले स्थानीयहरुको ब्यवहारमा परिवर्तन ल्याएकोमा खुसी लागेको बताईन् । यसैगरी बैठकमा बोल्दै अर्का स्वयम्सेवक प्रकाश गिरी र कमल नेपालीले बिपतको समयमा आफ्नै समुदायमा मानविय सेवा गर्न पाएकोमा खुसी ब्यक्त गरे । जाजरकोटको बारेकोट नगरपालिकाको सभाहलमा फागुन ११ गते बैठक भएको थियो ।


जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका स्वयम् सेवकहरुको सहभागितामा भएको बैठकमा बोल्दै नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनिराम पाख्रेलले बिचलन भएका मनहरुलाई थिर बनाउन स्वयम् सेवकले खेलेको भूमिका भुल्न नसकिने बताएका थिए । युनिसेफ नेपालको सहयोगमा बास नेपालले सञ्चालन गरेको कार्यक्रमले समुदाय सचेतना, स्थानीय सरकारको काममा सहयोग, गुनासो व्यवस्थापन लगायतका काममा महत्वपूर्ण सहयोग पुगेको र आगामी दिनमा समेत यस्तै सहयोग पालिकाकालाई आवश्यक रहेको बताए । बैठकमा नलगाड नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष धन बहादुर महर, वडा नम्बर २ का अध्यक्ष पूर्ण बहादुर खत्री र वडा नम्बर ५ का कार्यवाहन वडा अध्यक्ष अमर वलीले स्वयम् सेवकहरुले गरेको कामको प्रशंसा गरेका थिए ।
बैठकको क्रममा बोल्दै बासका बासका पूर्ब अध्यक्ष तथा पत्रकार राजु लामिछानेले संकटको अवस्थामा सबैको ध्यान राहत र उद्धारमा गएका बेला सबै भन्दा महत्वपूर्ण ब्यवहार परिवर्तनका बिषयमा समुदायमा सचेतना फैलाउन गरिएको युवा स्वयम् सेवक परिचालनले ठुलो क्षती हुनबाट बचाएको बताए । स्वयम्सेवकको कार्यले हरेक ब्यक्तिलाई मनोबैज्ञानिक रुपमा मजबुद बनाएको बताउदै जनताका सयौं गुनासाहरु कहाँ राख्ने भनेर अन्यौताको अवस्थामा गुनासो सुन्नेर गुनासो सुनुवाईका लागि समन्वय गर्ने कार्य सहनिय रहेको उनले बताए । निश्वार्थ रुपमा स्वयम् सेवा गर्ने सबैलाई उनले धन्यबाद ज्ञापन गरे ।


बैठकमा बोल्दै आठबिसकोट नगरपालिकामा कार्यरत स्वयम्सेविका बिन्दु बुढाले समुदायमा दिएको सन्देसले समुदायका ब्यक्तिहरुको ब्यवहारमा परिवर्तन आएको बताए । शुरुका दिनहरुमा घरघरमा जादा उनीहरुले गरेको ब्यहार अहिले परिवर्तन आएको देख्दा खुसी लागेको बताए । यसैगरी नलगाड नगरपालिकाका स्वयम्सेवक शान्ती शाहीले प्रभावितहरुमा अस्थायी शौचालय, घर निर्माण लगायतमा सहयोग गरिएको बताए । बैठकमा महिमा वली, सितला खड्का, सिमोना खड्का लगायतले समुदायमा काम गर्दाका उत्कृष्ट अनुभव सुनाएका थिए । बैठकमा बोल्दै भेरी नगरपालिकामा सुशिला खड्काले समुदायमा गरिएको सहयोगबाट खोप नलगाएको ब्यक्तिले खोप पाएको, गर्भवती महिलाहरुले सहयोग पाएको बताए । उनले समुदायमा स्वयम् सेवक प्रति हेर्ने दृष्टीकोण अहिले निकै सकारात्मक रहेको बताए । यसैगरी सानीभेरी नगरपालिका स्वयम् सेवक निर्जला खत्रीले अपांगता भएका ब्यक्तिहरुलाई प्राथमिकिकरणमा राखेर काम गरेको बताईन् । बैठकमा कुशे गाउँपालिकाका जानुका चन्द, रेसीका रोकाया, सानीभेरीका पबित्रा राना मगर, टंक प्रशाद देबकोटा लगायतले अनुभव सुनाएका थिए । बैठकको क्रममा कार्यक्रममा अन्तरगत जिल्ला फोकल पर्सन बिनोद आरसी र लक्ष्मी केसीले जिल्लागत अवस्था र उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वयम् सेवकहरुले गरिरहेको कार्यको कार्यको समिक्षा गर्दै देखिएका समस्या र आगामी योजनाका बारेमा कार्यक्रम प्रबन्धक हेमराज भट्टले जानकारी गराएका थिए ।


बैठकको क्रममा फिल्ड अनुगमनमा पुगेका बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बिकटता तथा बिपतको अवस्थामा स्वयम् सेवकहरुले गरेको कामको समुदायमा नै पुगेर अनुभव सुन्न पाउदा खेसी लागेको बताईन् । उनले असहज अवस्थामा समुदायमा खटिएर गरिएको स्वयम् सेवाबाट आएको परिवर्तनले उपयुक्त समयमा गरिएको योजना सफल भएको भन्दै सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । बैठकको सहजिकरण बासका अनुगमन अधिकृत हरी प्रशाद जोशीले गरेका थिए । बैठक फागुन १२ गते भएको थियो ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालले समुदाय प्रति जवाफदेहिता अन्तरगत जाजरकोटको भेरी नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिका र नलगायत नगरपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा समुदायमा सामाजिक ब्यवहार परिवर्तनका लागि युवा स्वयम् सेवक परिचालन गर्दै आएको छ । भने जाजरकोटको नलगाड र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा आम नागरिकहरुको गुनासो सुनुवाईका लागि नागरिक सहायता कक्ष सञ्चालन गर्दै आएको छ ।

  • १४ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech