जब वडाध्यक्ष आक्रोशित बने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष सराफत खानले उपमहानगरपालिका कार्यालयमा आक्रोश  पोखेका छन् ।

मङ्गलवार दिउसो उपमहानगर कार्यालय पुगेका उनले कार्यालयमा जनप्रतिनिधि, कर्मचारी नभेटेको भन्दै आक्रोस पोखेका हुन् ।

पालिकाका प्रमुख प्रशान्त बिष्टको कार्यकक्षमा पुगेका उनी प्रमुखलाई नभेटेपछि आक्रोशित हुँदै प्रमुख प्रशासकिय अधिकृत ओम खड्काको कार्यकक्षमा पुगेर बाहिरिएको भिडियो सार्वजनिक भएको छ ।

प्रमुख प्रशासकिय अधिकृतको कक्षबाट बाहिरिएपछि उनी गाली गलौचमा उत्रिएको उपमहानगरका कर्मचारीले बताएका छन् ।

उनी आक्रोशित भएर बोल्दै गरेको भिडियोमा घुस बिना काम नगर्नेहरुलाई ठिक गर्ने बताईरहेका छन् । उनले भोलि १०.०० बजे मेयर, उपमेयर कार्यालयमा नआए ठिक गर्छु भनेको भिडियो सामाजिक सन्जालमा भाईरल भईरहेको छ ।

उनको यस्तो कार्यको बिरोध गर्दै उपमहानगरका कर्मचारीहरुले काम ठप्प पारेका थिए ।

जानकारी अनुसार, कर्मचारीहरुले कार्वाहीका लागि उपमहानगर प्रमुखलाई पत्र बुझाएका छन् ।

कर्मचारीहरुले दोषी माथी कडा कार्वाहीको माग गर्दै कार्वाहीका लागि कानुनी प्रक्रिया अघि नबढे सम्म उपमहानगर र सबै वडाका काम, कार्वाही बन्द गर्ने जानकारी सहित कर्मचारीहरुले बिज्ञप्ती जारी गरेका छन् ।

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech