शर्मिला वाईबा पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं/ कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा प्रहरीले आफुलाई अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन् ।

कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। जाहेरी पछि उनी पक्राउ परेकी  हुन् ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech