उद्दघाटन कार्यक्रममा बिधार्थी सहभागिता नगराउन ध्यानाकर्षण

हेम राज भट्ट

उद्दघाटन कार्यक्रममा बिधार्थी सहभागिता नगराउन ध्यानाकर्षण

चितवन । बिद्यार्थीलाई भरतपुर भ्रमण वर्ष २०२४ को विविध साँस्कृतिक कार्यक्रममा सहभागिता नगराउनु ध्यानाकर्षण गरिएको छ ।
भरतपुर महानगरपालिकाद्वारा निजी क्षेत्रहरुसँगको सहकार्यमा घुमौ भरतपुर भन्ने नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा ब्यानर सहित बिद्यालयलाई सहभागिता गराउन पत्राचार गरीएपछि सो कार्य रोक्न संस्थाले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको हो ।
सिजवले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचन्ड” बाट २०८० फागुन १८ गते समुदघाटन गर्ने भनीएको कार्यक्रममा बिद्यार्थीहरुको सहभागिता नगर्न अपिल गरेको हो ।
बालबालिकाको हक, हित र अधिकार सुनिश्चितताका लागि नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५ एवम् विभिन्न ऐन, नियम कानूनहरूमा त्यस्ता कार्यक्रमहरूमा बालबालिकाको प्रयोग गराउन विद्यमान कानूनहरू संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धि, १९८९ को धारा ३२ बमोजिम बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा विकासमा हानि पुग्ने कुनै पनि कामबाट संरक्षित हुन पाउने अधिकारको व्यवस्था गरेको बिज्ञप्तीमा उल्लेख गरिएकोछ। बिज्ञप्तीमा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ मा उद्धेश्य २ मा विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्नु भन्ने उल्लेख गरिएको जनाएको छ । यसैगरी बालबालिकालाई कुनैपनि सभा, गोष्ठी, सम्मेलन, जुलुस, अभिमुखिकरण जस्ता कार्यक्रममा मुक्त राख्ने व्यवस्था गरेकोले बनेका निति, नियम, निर्देशिकाको पालना गर्न अपिल गरिएको छ ।
विभिन्न समयमा हुने बृहत अभियानका साँस्कृतिक कार्यक्रम, राजनीतिक कार्यक्रम, मेला, महोत्सवमा बालबालिकालाई सहभागी गराउँदा बालबालिका तथा विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यता स्थापनाका लागि नेपालले गरेको संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थाको विपरीतका कार्यहरू भईरहेकोले बालबालिकाको हित तथा कानून विपरीतका कार्यलाई तत्काल सच्याउन तथा आगामी दिनमा बालबालिकालाई यस्ता खालका गतिविधिहरूमा सहभागी नगराउन सिजपले अनुरोध गरेको छ ।
बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यताप्रति जुनसुकै परिस्थितिमा पनि प्रतिबद्ध रहन र कानून विपरीत कार्यक्रम गर्ने, बालबालिका प्रयोग गर्ने जो कोहीलाई पनि कानूनी कारवाही गर्न समेत बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले अनुरोध गरेको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा कक्षा ९ देखि १२ मा अध्ययनरत छात्रछात्राहरु र माध्यमिक तहका शिक्षकहरू, वडा स्तरको र्यालीमा विद्यालयको ब्यानरसहित उपस्थित भई कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुन अनुरोध छ भन्ने गरपालिकाको चलानी नम्बर ५१२१ को पत्र साथै भरतपुर महानगरपालिका वडा नं २१ को पठन पाठन बन्द गर्ने पत्र प्रति सिजपको ध्यानआकर्षण भएको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

  • १७ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech