गुलरियामा स्थानीय सरकार सञ्चालन विषयक तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज/बर्दियाको गलरिया नगरपालिकाका न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम सम्पन्न भएको छ । गुलरिया नगरपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा बिहिबार सो तालिम सम्पन्न भएको हो ।

गुलरिया नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सावित्रा गौतमको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, न्यायिक समितिको काम, कर्तब्य र अधिकार, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, स्ब्यवस्थापकीय आयाम, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय महासचिब खुमेश सुवेदीले स्वागत गरेका थिए भने बासका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमको उद्देशयमाथि प्रकास पारेका थिए । तालिमको समापन सत्रमा बोल्दै नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले तालिमबाट जनप्रतिनिधि र कर्मचारीलाइ काम गर्ने थप उर्जा तथा हौसला थपिएको बताइन् । उपप्रमुख गौतमले तालिमको माध्यामबाट पालिकाले गर्नुपर्ने काम र स्थानीय सरकार सञ्चालनको विषयमा थप जानकारी भएको बताएकी थिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले तालिमबाट स्थानीय सरकार सञ्चालन संग सम्बन्धित बिभिन्न कानुनी कुराहरुको वारेमा थाहा भएको बताउदै तालिमबाट क्षमता विकास भएको बताए । तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए । तालिममा नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, वडा सचिबहरु अध्यक्ष, बिद्यालयका प्रधानाध्यापक लगायत ७० जनाको सहभागिता रहेको थियो ।

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech