होस्टेलमा बालिका मृत फेला

सुसाईड नोटमा लेखिएको छ - सरी एभ्रिबडी, सरी ममि ड्याड

असल शासन प्रतिनिधि

काठमाडौं/ चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परिन् ।

 

प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दै छ ।

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् ।

शालिन दुई वर्षदेखी सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् ।

पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

उनको शव पोष्टमार्टम रिपोर्ट आएको छैन । अनुसन्धान अधिकृतहरु अहिले उनको शव पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् ।

 

 

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech