शम्सानघाट ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

असल शासन प्रतिनिधि

बाँके, फागुन १९/
बाँकेको खजुरा ४ भण्डरिया स्थित किरण नाला शम्सानघाट ब्यवस्थापन समितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
समितिका अध्यक्ष उज्जवल बिसीको अध्यक्षतामा शनिबार सम्पन्न प्रथम साधारणसभाले गोविन्द शर्माको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा वशन्ती सुनार, सचिवमा भोला मल्ल र कोषाध्यक्षमा खिमा रोकाय रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा केवल वली, गोविन्द खत्री, प्रकाश केसी, लगायत रहनुभएको छ । समितिको साधारणसभामा अध्यक्ष बिसीले पेश गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
साधारणसभामा वडा सदस्यहरु बलबहादुर बिसी र बलबहादुर कठायत, सल्लाहकार देवराम बिसी, शेरबहादुर बिसी, समितिका उपाध्यक्ष विदुर लामिछाने, मिलिजुली सहकारीका अध्यक्ष खड्ग वली, साझा फुलबारी सहकारीका अध्यक्ष वशन्ती सुनार लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
खजुरा ४ ईगाउँ, भण्डरिया, पार्वतीपुर, सम्म गाउँ, चल्तुवा, एफगाउँ, बुद्धपुर, बैजनाथ गाउँपालिका ७ परशरामपुर , ठाकुरपुर लगायतका करिब एकदर्जन बस्तीको एकमात्र शम्सानघाटलाई ब्यवस्थित गर्नका लागि समिति गठन गरिएको हो । स्थानीयले करिब पाँच लाख रुपियाँ सहयोग जुटाई जग्गा खरिद गरी वडा कार्यालयको सहयोगमा घाट तथा टहरा निर्माण गरिएको छ ।
शम्सानघाटका लागि स्थानीय जंगलीप्रसाद बनियाले एक कठ्ठा जग्ग दान गर्नुभएको छ । यसैगरी एमालेका युवा नेता सुमन मल्लले ५९ हजार रुपियाँ सहयोग गर्नुभएको समितिले जनाएको छ ।

  • २० फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech