चौतारीको माध्यमबाट जैविक संरक्षण

रबिन्द्र बोहरा

जैविक चौतारी कार्यक्रम मार्फत जैविक विविधताको संरक्षण गर्न सरोकारवालले जोड दिएका छन् । डिभिजन वन कार्यालय बाँके र बास नेपालको सयुंक्त आयोजनामा फाुगन २० गते नरैनापुर गाउँपालिकाको वडा नं. १, २ र ३ का स्थानीय नागरिक, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय जनप्रतिनिधिहरु सहित २०० जनाको सहभागिता रहेको जैविक चौतारी कार्यक्रमा पाँच बुद्धे प्रतिबद्धता जाहेर गर्दै सरोकारवालाहरुले स्थानीय नागरिकहरु नै वन संरक्षणमा जुट्नु पर्नेमा जोड दिइएका छन् ।

प्रतिबद्धताहरुमा जैविक संरक्षणको क्षेत्रमा देखिएका सम्पूर्ण समस्या समाधानको लागि समुदामा सचेतना अभिवृद्धि गर्न आम सरोकारवालाको सहकार्यता र समजैस्यतामा सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नरैनापुर गाउँपालिका अन्तर्गत गठन भएका सबै सामुदायिक वन उपभोक्ता समितिको काम कर्तव्यको बारेमा तालिम संचालन गरिने, नरैनापुर क्षेत्रको वन तथा जैविक विविधता संरक्षण्का लागि आम उपभोक्त जिम्मेवार हुने र त्यसको निगरानी सामुदायिक वन उपभोक्ता समितिले गर्ने, वन संरक्षण र उपभोगका लागि बनेको सबै निकायहरुसँग समन्वय गर्दै नरैनापुर गाउँपालिकाको तर्फबाट वन संरक्षण सचेतनाको लागि वार्षिक बजेट विनियनेजन गर्ने र वन पैदावर, चोरी सिकारी, काठ तस्कर लगाएतका समस्या समाधानको लागि सुरक्ष संयन्त्र बलियो बनाउँदै प्रहरी प्रशासनबाट कडा निगरानी गर्ने भनिएको छ ।

कार्यक्रममा प्रश्न गर्ने सहभागिहरुले चोरी सिकारीका घटनाहरुमा नरैनापुर भन्दा बाहिर नेपालगन्ज लगाएतका क्षेत्रबाट सिकार खेल्नेहरु आउने गरेको, मौवाको फुल टिप्ने बाहानमा आगलागिका घटनाहरु हुने गरेको, आमा उपभोक्त तथा नागरिकहरुमा वनको महत्व बारे शिक्षा र सचेतना नभएको बताएका थिए ।
सहभागीहरुका प्रश्न जिज्ञासाहरुको सम्बोधन गर्दै डिभिजन वन कार्यालय बाँकेका रेन्जर नवराज शाहीले डिभिजन वनको मातहतमा रहेका सामुदायिक वन उपभोक्ता समितिहरु सक्रिय हुन नसकेको, स्थानीयकरण गरिएको अधिकार तथा जिम्मेवारी बोध उपभोक्ता समितिले बहन गर्न नसकेको, चोरी सिकारी तथा काठ तस्कार लगाएतका मुद्दाहरुमा ७० भन्दा बढिलाई कार्वाहि गरि सकिएको बताएका थिए । सब डिभिजन वन कार्यालयका प्रमुख रेन्जर मान बहादुर थापाले आम नागििरक, उपभोक्ता समिति र महासंघ सक्रिय रुपमा कार्य नगरे सम्म वन संरक्षण एक चुनौतीको रुपमा रहने बताए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नरैनापुरका अध्यक्ष गुरुदयाल मिश्रले आम नागरिकहरुमा चेतनाको स्तर न्यून हुँदा काम गर्न नसकिएको तथा सचेतना वृद्धि गर्ने क्षेत्रमा जोड् दिनु पर्ने आवश्यकता रहेको बताए ।
सुइयाका प्रहरी प्रमुख हरि बहादुर बगालेले खुला सिमानको कारण चोरी तस्करी नियन्त्रण गर्न केही कठिन भए पनि प्रहरी समक्ष आएका कुनै पनि केशहरुलाई आफुहरुले कार्वाहीको प्रक्रियमा अगाडी बढाएको बताएका थिए ।
वडा नं. २ का वडा अध्यक्ष मसिद अहमद राईले वन क्षेत्रको संरक्षणको लागि पालिकाले गर्नुपर्ने कार्यहरु गर्न आफुहरु तयार रहेको बताए भने वडा नं. ६ का वडा अध्यक्ष प्रेम चन्द्र मौर्यले आगामी वर्षको योजना तर्जुमा गर्दा नै वन क्षेत्रको संरक्षणमा सचेतना अभिवृद्धि गर्न बजेट तर्जुमा गर्ने बताए ।
बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले संचालन गरेको कार्यक्रममा बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले स्वागत गरेका थिए भने डिभिजन वन कार्यालय बाँकेका रेन्जर नवराज शाहीले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।

  • २० फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech