पालिकामै कपाल लुछालुछ !

असल शासन प्रतिनिधि

बाजुरा/ बाजुरामा पालिकाभित्रै कर्मचारीको लफडा भएको छ। शुक्रबार जिल्लाको बडिमालिका नगरपालिकामा लफडा भएको हो ।

स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रन्जिता शाही र कबिता कुमारी सूर्यबंशीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो ।

कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ।

कुटाकुटपछि दुबैलाई चोट लागेको छ। सूर्यबंशी भने अस्पतालमा उपचाररत छिन् ।

 

  • २० फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech