महिलाको हत्या: पूर्व प्रेमी पक्राउ

`घाँटी थिचेर मारियो´

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले महिलाको हत्या अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका वडा नं‍. ९ बनगाई बस्ने २७ वर्षीया उर्मिला चौधरीको हत्या अभियोगमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मुक्तिनगर बस्ने ४५ वर्षीय राम सिंह थारुलाई आइतबार पक्राउ गरिएको हो ।

मृतक उर्मिला चौधरीको शव शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित बनकट्टीदेखि जी गाँउ जाने बाटोमा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले मृतक उर्मिला चौधरीको शवलाई रामसिंह थारुले बिहीबार राती घाँटी थिची मारेर जी गाँउ जाने बाटोमा फालेको देखिएको छ ।

तीन दिनको अनुसन्धान पश्चात राम सिंह थारुलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । जानकारी अनुसार, उर्मिला र राम सिंह पूर्व प्रेमी हुन् । दुबै जना विवाह अघि सम्बन्धमा थिए । विवाहपछि पनि दुई जनाको भेटघाट भइरहन्थ्यो । श्रोत भन्छ,‘ सोही क्रममा शुक्रबार भएको दुईजनाको भेट अन्तिम र दु:खद् रह्यो । मनमुटावले झगडाको रुप लियो, झगडाले आवेगको रुप लिँदा दु:खद् घटना घट्यो ।’

  • २० फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech