महाकालीमा स्वास्थ्यकर्मीका लागि ३ दिने तालिम शुरु

असल शासन प्रतिनिधि

दार्चुला । सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम महाकाली नगरपालिका दार्चुलामा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, महाकाली नगरपालिका दार्चुलाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम फागुन २१ गते देखि शुरु भएको हो ।
महाकालि नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जैसिरले सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रमले नगरको स्वस्थ्य सेवा सुधार र सुदृढीकरणमा सहयोग गरेको बताए । उनले परियोजना मार्फत हुने कार्यक्रमहरुमा सधै पालिकाले सहयोग गर्ने जनाए ।
यसैगरी स्वास्थ्य शाखा प्रमुख जय बहादुर फर्सबानले खोपको पहुँच शतप्रतिशत बालवालिका सम्म पुग्नुपर्ने कुराका शाखा लागि परेको बताए । उनले तीन दिने क्षमता अभिबृद्धी तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे । सामाजिक ब्यवहार परिवर्तन हरेक ब्यक्तिका लागि आवश्यक हुने भन्दै सक्रियता पूर्बक तालिममा सहभागि हुन र सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गरे । कर्मचारीको क्षमता अभिबृद्धीका लागि तालिमको आयोजना गर्ने युनिसेफ नेपाल र बास नेपाललाई धन्यबाद ज्ञापन गरेका थिए । बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशीले स्वागत गरेको उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकाश युनिसेफ नेपालका अशोक जोशीले गरेका थिए ।


उद्घाटन सत्रमा नगर प्रमुख नर सिंह चैसिर, नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, प्रमुख प्रशासकीय अधिकृत युब राज जोशी, स्वस्थ्य शाखा प्रमुख जय बहादुर फर्सबान, लालाजिरा रावत भट्ट, हरक बहादुर शाहू युनिसेफ नेपालका अशोक जोशी, प्रशिक्षक वीर बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । तीन दिने तालिममा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका अशोक जोशी, प्रशिक्षक वीर बहादुर कुँवर र बासका अनुगमन अधिकृत हरि प्रसाद जोशीले सहजिकरण गर्ने छन् । तालिममा महाकाली नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिममा सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • २१ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech