नेपालगन्जमा भयानक दुर्घटना

बसले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको कारकादौमा भयानक दुर्घटना भएको छ ।

नयाँ बर्षमा स्कार्पियोले ठक्कर दिँदा घटना स्थलै दुईजनाको निधन भएकै ठाउँ डोके बजार अगाडि सोमबार राती दुर्घटना भएको हो ।

दिल्लिबाट अर्घाखाँची जान लागेको बसले भारतिय नम्वर प्लेट भएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बाँके प्रहरी प्रमुख सुवास बोहराका अनुसार, बसले ठक्कर दिएर बस भित्र रहेका मोटरसाइकल चालकलाई निकाली अस्पताल तर्फ लगिएको छ । उनको पहिचान खुलेको छैन ।

प्रहरी प्रमुख बोहराले उक्त स्थानमा पटक पटक दुर्घटना हुनुले उक्त ठाउँलाई ब्ल्याक स्पट घोषणा गर्नु पर्ने देखिएको बताए ।

मोटरसाइकल कच्याक कुचुक भएको छ- प्रत्यक्षदर्शीले भने- घाइते भारतिय नागरिक जस्तो देखिन्छन् ।

  • २१ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech