भत्कियो सत्ता गठबन्धन

बन्यो नयाँ गठबन्धन, तीन मन्त्री नियुक्त

असल शासन प्रतिनिधि

काठमाडौं/ सत्ता गठबन्धन तोडेर नयाँ गठबन्धन निर्माण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन मन्त्री नियुक्त गरेका छन् ।

नियुक्त भएका नयाँ मन्त्रीहरुमा पदम गिरी, हितबहादुर तामाङ र डोलप्रसाद अर्याललाई रहेका छन् ।

सरकारमा नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए ।

त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सारेको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् । रास्वपाबाट पहिलो चरणमा उपसभापति समेत रहेका डीपी अर्याल मन्त्री बनेका छन् । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए ।

नवनियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । उनीहरुको मन्त्रालय भने अहिले तोकिएको छैन ।

  • २१ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech