सडक दुर्घटनामा भारतीय नागरिकको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ गत राती नेपालगन्जको काँरकादौमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

दिल्लिबाट अर्घाखाँची जान लागेको बसले सोमबार राति साढे ९ बजे युपि ४० ए.जे. ७२३३ नम्बरको भरतिय मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट सख्त घाईते भएका भारतको बहराईच सरस्वती नगरका अनिल कुमारको निधन भएको छ ।

घटना स्थलबाट उद्दार गरि नेपालगन्ज मेडिकल कलेजमा उपचार गर्दा गर्दै राती १० बजे अनिलको निधन भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने लु २ ख २१४२ नम्वरको बस र बसका चालक अर्घाखाँची सन्धिखर्क ९ निवासी बद्री श्रेष्ठलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ बर्षमा स्कार्पियोले ठक्कर दिँदा घटना स्थलै दुईजनाको निधन भएकै ठाउँ डोके बजार अगाडि सोमबार राती दुर्घटना भएको थियो ।

बाँके प्रहरी प्रमुख सुवास बोहराका अनुसार, बसले ठक्कर दिएर बस भित्र रहेका मोटरसाइकल चालकलाई निकाली अस्पताल तर्फ लगिएको थियो ।

प्रहरी प्रमुख बोहराले उक्त स्थानमा पटक पटक दुर्घटना हुनुले उक्त ठाउँलाई ब्ल्याक स्पट घोषणा गर्नु पर्ने देखिएको बताए ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech