फेसबुक र ईनस्टाग्राम डाउन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएको छ । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म बन्द भएका हुन् ।

विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार राती ९ः२५ बजेदेखि मेटाको धेरै सेवाहरु बनुद भएका छन् ।

केही समय अघिदेखि विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको छ ।

Downdetector का अनुसार मोबाइल एप सहित वेब सेवाहरूले समेत काम गरेका छैनन् ।

फेसबुक र इन्स्टाग्रामको पेरेन्ट कम्पनी मेटाको तर्फबाट भने अहिले सम्म यसको कुनै पनि स्टेटमेन्ट जारी गरिएको छैन ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech