लुम्बिनीमा मन्त्रीहरू बर्खास्त

असल शासन प्रतिनिधि

नेपालगन्ज/ केन्द्रमा सत्ता समीकरणमा भएको फेरबदलको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा माओवादी केन्द्रबाट प्रदेशको अर्थमन्त्री रहेका धनबहादुर मास्की र सहरी विकास मन्त्री बनेकी कृष्णा केसी ‘नमुना’ रहेका छन् ।

मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री चौधरीले ति मन्त्रालय आफैसँग राखेका छन् । उता माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

  • २३ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech