क्याम्पस प्रमुखको कुर्सी रुखमा !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्य विरुद्ध स्वबियु आन्दोलित भएको छ ।

आफूहरूले दिएको १५ बुँदे माग पूरा नभएको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित भएको हो ।

आन्दोलित स्वबियुले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएको छ । स्वबियुले क्याम्पस सुधारका लागि फागुन १७ गते ज्ञापन पत्र बुझाएको थियो ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech