क्याम्पस प्रमुख नेपाली माथी आक्रमण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मध्य पश्चिम बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख भगत नेपाली माथी साङ्घातिक आक्रमण भएको छ ।

बढैयाताल निवासबाट बिहिबार बिहान ५ बजे क्याम्पसका लागि नेपालगन्ज आउँदै गर्दा मानखोला नजिक उनी माथी आक्रमण भएको हो ।

मान झुन्डिको बनमा लुकेर बसेका दुई वटा मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गर्न खोज्दा आफ्नो सुरक्षाको लागि आफूले चलाएको मोटरसाइकल छोडी जंगलतर्फ गएर ज्यान बचाउन खोज्ने क्रममा क्याम्पस प्रमुख नेपाली घाइते भएका छन् ।

घटना घटे लगत्तै अन्य व्यक्तिहरु अहोर दोहर गरिरहेकाले ठूलो घटना नघटेको बताईएको छ । आक्रमण गर्न खोज्नेहरुको पहिचान भएको छैन ।

उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech