दोलखामा झोल साबुन तालिम

असल शासन प्रतिनिधि

दोलखा/ ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दोलखामा झोल साबुन बनाउने तालिम सम्पन्न गरिएको छ ।

महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनि भन्ने नाराका साथ मनाउन थालिएको दिवसको अवसरमा सो तालिम सम्पन्न गरिएको हो ।

नेपाल जेसिज काठमाडौ लेडि र दोलखा जेसिजको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी र बागेश्वरी असल शासन क्लब  (बास नेपाल) दोलखा शाखाको समन्वयमा सम्पन्न एक दिने झोल साबुन बनाउने कार्यक्रम दोलखा जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा बास नेपालका बागमती प्रदेश संयोजक इश्वर दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कि प्रमुख अथिथी रहेको उक्त कार्यक्रममा बोल्दै उनले महिलाका लागि तालिम धेरै खालका सम्पन्न भए पनि झोल साबुन बनाउने कार्यक्रम निकै प्रभावकारी रहेको र यसलाई व्यवसायीक रुपमानै अगाडि बढाउन समेत आग्रह गरिन् ।

काठमाडौं लेडिज जेसिज २०१७ कि अध्यक्ष सजना नकर्मि प्रशिक्षक रहेको सो कार्यक्रममा नकर्मिले तालिममा सहभागी महिलाहरुलाइ दोलखा जेसिजमा जोडिनका साथै आफ्नो क्षमता अभिबृदि गर्न जेसिज तालिमको विश्व विधालय रहेको समेत जानकारी दिईन् ।

तालिममा २५ जना महिला सहभागी रहेका थिए । तालिममा जनहितचित्रेश्वरका अध्यक्ष नवराज न्यौपाने, जिल्ला सहकारी संघका व्यवस्थापक राजकुमार दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech