अन्तर्राष्ट्रिय महिला दिवसको पुर्ब सन्ध्यामा बास बाजुरा द्धारा कविता बाचन प्रतियोगिता

असल शासन प्रतिनिधि

बाजुरा / बास नेपाल बाजुरा शाखाले १४४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्ब सन्ध्यामा कविता बाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मूल नाराका साथ बास नेपाल जिल्ला शाखा बाजुराको र बडीमालिका नगरस्तरीय युवा क्लबको आर्थिक सहयोग तथा पिसविन नेपालको आयोजनामा १४४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्ब सन्ध्यामा कविता बाचन प्रतियोगिता तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मालिका नमुना माध्यमिक बिद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको थियो । मालिका नमुना माध्यमिक बिद्यालयका नि. प्रधानाध्यापक धिर दानीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा रहेका थिए।

न्द्यख्एच्–िि परियोजना जिल्ला संयोजक कृष्ण रावल विशिष्ट अतिथि रहेका थिए । त्यस्तै बास नेपाल जिल्ला अध्यक्ष दिपक बडुवाल, सह सचिब नन्दा थापा, बडीमालिका नगरस्तरीय युवा क्लबका उपाध्यक्ष सागर बिक, पिसविन सहजकर्ता बिरेन्द्र रावल लगायतको उपस्थिति रहेको थियो।

सन् १९११ मार्च ८ मा महिला श्रमिक माथि हुने शोषणका विरुद्ध क्लारा जेटकिनले आवाज उठाएका दिनका रूपमा यो दिवस हरेक वर्ष मनाइने गरिएको छ ।

कविता प्रतियोगितामा १७ जना सहभागीहरूले भाग लिएका थिए । जसमा लेखराज उपाध्याय प्रथम, मिना बोहरा द्वितीय र प्रमिला दानी तृतीय भएका थिए भने कविता प्रतियोगितामा सहभागिता जनाएका सबै विद्यार्थीहरू लाई पुरस्कार वितरण गरिएको थियो।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech