ईन्द्रपुरमा हतियारधारी समूहको साँघातिक आक्रमण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज नजिकै रहेको ईद्रपुरमा बुधबार राती भएको साघातिक आक्रमणबाट एक जनाको निधन भएको छ ।

हतियारधारी अज्ञात समूहको आक्रमणबाट युवा थारु नेता सन्तोष कठरियाको निधन भएको हो ।

२०७९ सालको मंसिर ४ गते भएको चुनाबमा कैलाली क्षेत्र न १ “क” प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार जोशिपुर गाउँपालिका लक्कड गाउँका युवा थारु नेता कठरियाको निधन भएको हो ।

बुधबार राती नेपालगन्जको इन्द्रपुरमा रहेको उनको निवासमा हतियारधारी अज्ञात समूहले आक्रमण गरेको थियो ।

उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको थियो । मृतककी श्रीमती सबिता राजवंशिको भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech