नेपालगन्जमा गुन्जिईन् मेनुका

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा चार दिन देखि सञ्चालित नेपाल कल्चर फेस्टिवलको अन्तिम दिन चर्चित गायिका मेनुका पौडेल आफ्नो जादुमय आवाजका साथ प्रस्तुत भईन् ।

बास नेपाल सँगको सहकार्यमा अन्तरालले बिहीबारबाट सुरु गरेको उक्त फेस्टिवलको अन्तिम दिन गायिका पौडेलले आफ्नो बेजोड प्रस्तुति दिएकी हुन् ।

नेपालगन्ज रंगशालामा सम्पन्न उक्त कार्यक्रममा ईन्डियन आईडल पछि नेपालमा पहिलो पटक पौडेल कन्सर्टमा प्रस्तुत भएकी हुन् ।

ईन्डियन आईडलको टप टेनमा पर्न सफल गायिका पौडेलले आधा दर्जन बढी हिन्दी र नेपाली गित प्रस्तुत गरेकी थिईन् । फे

चर्चित वरिष्ठ साहित्यकार, उद्घोषक डाक्टर नवराज लम्साल र शकुन्तला शाहको जोशिलो उद्घोषण रहेको उक्त कन्सर्टले चिसो, चिसो नेपालगन्ज रंगशालाको माहोललाई तताएको थियो ।

दृष्टिविहिन पौडेलको आवाजका कारण अहिले चर्चाको सिखरमा छिन् ।

कार्यक्रम समापनका अवसरमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फेस्टिवल फेस्टिवललाई निरन्तरता दिने बताए ।

कार्यक्रमको अन्तमा बरिस्ठ साहित्यकार डाक्टर नवराज लम्साल, गायिका मेनुका पौडेल र कन्दरा ब्याण्डका अगुवाइ गायक बिबेक श्रेष्ठलाई सम्मान गरिएको थियो । लुम्बिनी प्रदेश सभा सदस्य माननीय माया पुनले कलाकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech