सर्खेतका गोबिन्द एक बर्षदेखी मलेसियामा सम्पर्कबिहिन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / सुर्खेत लेकबेसी गाउँपालिका वडा नम्बर ८ का गोबिन्द श्रीष मगर एक बर्ष देखी मलेसियाबाट सम्पर्क बिहिन भएका छन् ।

बिबाहित गोबिन्द परिवारको जेठो छोरा भएकाले घरमा बृद्ध आमा बुवा श्रीमती र दुई जना बच्चाहरुको सुनौलो भबिश्य निर्माणका लागि १० बर्ष अघि मलेशिया गएका थिए ।

दस बर्षको अबधिमा शुरुमा २ बर्स अबधि पुरा गरेर छुटट्टीमा घर आएर पुन रोजगारीमै फर्किएका गोबिन्द लामो समय सम्म स्वदेश नफर्किए पनि घर परिवार सँग गत बर्ष सम्म फोन समपर्क भैरहेको गोबिन्दकी श्रीमती भावना मगरले बताईन् । गत बर्ष सम्म राम्रै सँग कुराकानी गर्ने श्रीमान गत श्रावण देखी एक्कासी सम्पर्क बिहिन भएपछि परिवारमा सन्नाटा छाएको दुखेसो पाख्दै श्रमती भावना भन्छिन् “छोराकै पिरले सुसुरा थला परेपछि उहाँ अहिले प्यारालाईसिस रोगसँग लडिरहनु भएको छ ।”

बुवा भुपेन्द्र मगर र आमा पबित्रा मगरको जेठो सन्तान गोबिन्द गत श्रावण देखी फोन फेसबुक सबैबाट ब्लक हानेर सम्पर्क बिहिन भएपछि  गोबिन्द श्रीष मगरलाई खोजी गरिदिनुहुन नेपाल सरकार तथा मलेसिया स्थित नेपाल राजदुताबास का साथै त्यहाँ स्थित बिभिन्न सामाजिक संघ संस्थाहरु सँग गुहार माग्छिन् श्रीमती भावना मगर ।

गोबिन्द र भावनाका छोरी कक्षा ५ र छोरा कक्षा ४ मा पढ्छन् ।

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech