कर्णाली पुलमा भयानक आगलागी

असल शासन प्रतिनिधि

कैलाली/ कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गईरहेको बुझिएको छ ।

लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech