६ प्रश्नमा अर्जुन खरेल

असल शासन प्रतिनिधि

अर्जुन खरेल
पप गायक

१. तपाईको जीवन को आदर्श के हो  ?
– सत्यता र लगनशीताका साथ नेपाली साङ्गितिक क्षेत्रमा सेवा गर्ने मेरो जीवनको आदर्श हो ।

२. कसको प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– मेरा आमा बुवाका साथै बिद्यालयको गुरुबर्ग र सम्पुर्ण अनन्य मित्र हरुको माया आशिर्वादले गर्दा म यहाँ सम्म आईपुगेको छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– जिल्लामा स्थापित विभिन्न सामाजिक संघ सस्था सङ हातेमालो गरि सामाजिक अभियानमा सक्रिय भएर लागुऔषध विरुद्ध, भ्रष्टाचार बिरुद्धका गतिविधिहरु सञ्चालन गर्नुका साथै सकारात्मक सोचको बिकास गर्न पहल गरिरहेको छु ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो ?
– सांगितिक क्षेत्रमा लागेर STAR international AWARD 2023 को उपाधि थाईल्यान्डको बैंककबाट प्राप्त गरेको दिननै मेरो जिवनको अबिश्मरणिय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– असल शासन भनेको बिधिको शासनको पालना हो, सार्वजनिक पद धारण गरेका जो कोहि ब्याक्ति ले सार्वजनिक स्रोत साधन दुरुपयोग नगरी शासन ब्यबस्था सन्चालन गर्नु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ  ?
– आफ्नो क्षेत्रबाट निरन्तर देशको सेवा गर्नु समाजमा रहेको बिकृति बिसङ्गतीलाई पाखा लगाउँदै असल समाज निर्माण गर्न सदैब सत्यको बाटोमा हिड्ने र देसको अनि जन्मभुमिको उनन्तीमा निरन्तर लागिरहने प्रतिबद्धता रहेको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech