ट्र्कमा लागेको आगो अझै नियन्त्रणमा आएन

शुद्ध चौधरी

नेपालगन्ज/ कैलालीको चिसापानीस्थित कर्णाली पुलमा रहेको ट्रकबाट सल्केको आगो अझै नियन्त्रणमा आएको छैन।

आगो नियन्त्रण गर्न कैलाली, बर्दिया र बाँकेका दमकल प्रयोग गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणका लागि परिचालन भएका थिए ।

बिरगन्ज देखि धनगढी जान लागेको ना ३ ख ५२५७ नम्वरको मालबाहक ट्रकमा लागेको आगो पुलको लठ्ठामा समेत सल्किएको थियो । तर पुलको लठ्ठामा लागेको आगो दमकलको सहयोगले निभाइएको प्रहरीले जनाएको छ ।

लाइटर, सलाई बोकेको ट्रक भएकाले दमकलले निभाउने प्रयास गर्दा ग्यासका कारण आगो झनै सल्किरहेकाले आगो पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणमा ल्याउन प्रयास भइरहेको छ ।

सोमबार बेलुकी देखि लागेको आगो बेलुकी ९ बजे सम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । पुल, ट्रक, पुलको तल अहिले पनि आगो बलिरहेको छ ।

आगो नियन्त्रणमा नआए पछि विभिन्न ठाउँका लागि हिंडेका सवारीसाधन कर्णाली पुल वारि, पारी रोकिएका छन् ।

केही सवारी साधन भुरिगाउ तर्फ फर्किएका छन् भने पारी रहेका सवारीसाधन कोठियाघाटको बाटो लागेका छन् ।

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech