ट्रक र कार ठोक्किए

जोगियो मानबिय क्षती

असल शासन प्रतिनिधि

ट्रक र कार ठोक्किए

नेपालगन्ज/ नेपालगन्जको सुर्खेत रोड स्थित नेपालगन्ज मेडिकल कलेज अगाडी सडक दुर्घटना भएको छ ।

भारतको रुपैडियाबाट धम्बोझी तर्फ जाँदै गरेको भे १ ख ३७८१ नम्वरको मालबाहक ट्रक र नेपालगन्ज मेडिकल कलेजबाट सुर्खेतरोड तर्फ निस्किरहेको रातो रङ्ग रहेको बाग्मती प्रदेश ०१/ ०२५ च ५६६४ नम्बरको कार एक आपसमा ठोक्किएका थिए ।

दुई सवारी साधन ठोक्किदा कारमा क्षती भएको छ । ट्रक चालकको सावधानीका कारण ठूलो मानबीय क्षती हुनबाट जोगिएको छ ।

कारमा श्रीमान, श्रीमती सहित एक बालक सवार थिए ।
घटना हुने बित्तिकै ट्रक चालक फरार भएका थिए । प्रहरीको उपस्थितिमा घटना स्थलबाट ट्रक हटाईएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech