राउटेहरुलाई सम्मान

असल शासन प्रतिनिधि

डडेल्धुरा/ डडेल्धुराको परशुराम नगरपालिकाको राउटे समुदायका दुई जना सम्मानित भएका छन् ।

सम्मानित हुनेमा नगरपालिका-४ की अस्मिता राउत र वडा नम्वर १२ की सावित्री राउटे रहेकी छिन् । उनीहरु दुवैजनालाई बालविवाह न्यूनिकरण तथा पुर्णखोप अभियानमा राउटे समुदायमा योगदान गरेबाफत बास नेपालले सम्मान गरेको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा परशुराम नगरपालिकाकाको सहकार्य र बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उनीहरुलाई नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech