मनोसामाजिक मनोबिमर्श तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालको आयोजनामा नेपालगञ्जमा सञ्चालित ६ महिने मनोसामाजिक मनोबिमर्श तालिम सम्पन्न भएको छ ।

२०८० भाद्र ७ गते देखि शुरु भएको तालिम चैत्र १ गते बिहिवार सम्पन्न भएको हो ।

सिटिभिटिको पाठ्यक्रममा आधारित रहेर सञ्चालन गरिएको तालिमका सहभागिहरुलाई लुम्विनी प्रदेश सभा सदस्य माननिय मिना श्रेष्ठले प्रमाण पत्र बितरण गरिन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकि लुम्विनी प्रदेश सभा सदस्य माननिय मिना श्रेष्ठले समाजमा अति आवश्यक रहेको मनोसामाजिक तालिमको महत्व धेरै भएको बताईन् ।

बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको समापन सत्रमा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए भने धन्यवाद ज्ञापन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकास पारेका थिए ।

बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको तालिममा सहभागिहरु मुना बिष्ट र नौसभा नाजले प्रतिकृया मन्तव्य दिएका थिए । कार्यक्रममा प्रशिक्षक समुना धिमाल र गणेश पौडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रशिक्षकहरुलाई प्रशंसा पत्र र प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसैगरि तालिम सम्पन्न गर्न सहयोग गर्ने बास नेपालका लेखा सहायक प्रदिप बोहरालाई मायाको चिनो प्रदान गरिएको थियो । बास नेपालले दोश्रो चरणको तालिम शुरु गर्दैछ ।

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech