इन्स्पाइरिङ्गको २९६औं श्रृखलामा लामिछानेको उत्प्रेरणा

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपालको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ्ग युथको २९६औ श्रृखलामा क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले युवाहरुलाई उत्प्रेरणा दिएका छन् ।
बास नेपालको सुशासन हलमा झण्डै ६५ बढी युवाहरुको सहभागितामा चैत्र २ गते आयोजित उक्त कार्यक्रममा बोल्दै उत्प्रेरक लामिछानेले जिवनमा लक्ष्य लिएर अगाडी बढेमा एक दिन उदाहरणीय बन्ने भन्दै सबैलाई लक्ष्यका साथ अगाडी बढ्न अनुरोध गरे । हरेक युवाले निरन्तरता र आफ्नो कमजोरी पक्षलाई सुधार गर्दै जानुपर्नेमा जोड दिए । पाएको जिम्मेवारी जवाफदेहिताका साथ पुरा गरेमा परिवर्तन सम्भव हुने भन्दै सबै युवाहरुलाई काममा निरन्तरता दिन अनुरोध गरे । जिवनमा ब्यवहार असल भएमा सहज र सफल जिवन यापन गर्न सकिने भन्दै सबै प्रति असल ब्यवहार गर्न अपिल गरे । १ घण्टा चलेको कार्यक्रममा सहभागि युवाहरुले सहज जिवनका विभिन्न बिषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।


बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा हरित अभियन्ता हेमन्त राज माफ्ले लगायत विभिन्न क्षेत्रमा कार्यरत युवाहरुको सहभागिता रहेको थियो ।

  • ३ चैत्र २०८०, शनिबार प्रकाशित

  • Nabintech