दैलेखको नौमुले गाउँपालिकामा बासको उपशाखा गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / दैलेखको नौमूले गाउँपालिकामा बास नेपालको उपशाखा गठन भएको छ ।

दैलेख जिल्ला शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा सम्पन्न भेलाले उक्त नौमुले उपशाखा गठन भएको हो ।

सुरेन्द्र दर्लामी मगरको अध्यक्षतामा गठित उपशाखाको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश कल्पना खड्का, बलबहादुर तारामी, एलिना रेगामीमगर र लक्ष्मी खत्रि चयन भएका छन् ।

११ सदस्यीय उपशाखाका सदस्यहरुमा भुमिका गुरुङ, चन्द्र गुरुङ, गोविन्द गुरुङ, कमल गिरी, भोजवीर थापामगर, भावना बलामी मगर चयन भएका छन् ।

कार्यक्रममा नौमूले गाँउपालिका –५ का वडा अध्यक्ष कृष्ण सलामी मगरको सहभागिता रहेको थियो ।

  • ४ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech