अभियन्ताहरुलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ युकेमा रहेर नेपाल र नेपालीका लागि चिन्तित रहने, नेपाली महिलाहरुको प्रजनन स्वास्थ्यमा अतुलनीय योगदान पुर्याउने अभियन्ताहरुलाई नेपालगञ्जमा सम्मान गरिएको छ ।

बास नेपाल र दिदि बहिनी समाजले उनीहरुलाई सम्मान गरेका हुन् ।

फ्रिडम किट व्याग नामक संस्थाका संस्थापकहरुलाई नेपालगञ्जमा सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा फ्रिडम किट व्याग संस्थाकी संस्थापक डा. रोजा मेथेसन, डाक्टर ईयान म्यातजेसन, ब्रेन मिल्डेनहल र सो संस्थाकी नेपाल एम्बेसडर निर्मला श्रेष्ठलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका अतिथीहरुले सम्मानित व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएका थिए ।

फ्रिडम किट व्याग संस्थाका माध्यमबाट नेपालका २२ हजार महिलाहरुलाई पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड सहितको फ्रिडम किट व्याग उपलब्ध गराईसकेका उनीहरुले २००९ देखि मानविय कार्य गर्दै आईरहेका छन् ।

नेपालमा भुकम्प, कोभिड जस्तो महामारीको समयमा उनीहरुले नेपालको दुरदराजमा गएर बिभिन्न प्रकारको राहत बाँड्दै आएका छन् । नेपाली महिलाहरुको अधिकारका साथै प्रजनन स्वास्थ्यका पक्षमा क्रियाशिल उनीहरुको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रममा बताए ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बास नेपालका सल्लाहाकार बरिष्ठ पत्रकार पूर्णलाल चुके, कानुनी सल्लाहकार लोक बहादुर शाह, महिला जागृति शेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, बास नेपालकी अध्यक्ष लुना बुढाथोकी लगायतले बोलेका थिए । कार्यक्रममा उपस्थित ५० बढि व्यक्तिहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको थियो ।

दिदि बहिनी समाजकी अध्यक्ष रमा देबि शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फ्रिडम किट व्याग संस्थाकी संस्थापक डा. रोजा मेथेसन, डाक्टर ईयान म्यातजेसन, ब्रेन मिल्डेनहलले बालेका थिए । उनीहरुले नेपाल आउनुको प्रसंग सहित संस्थाका तर्फबाट भईरहेका कामहरुका बारेमा बोलेका थिए ।

  • ४ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech