परिवर्तित राजनीतिक अवस्था सामाजिक कार्यका लागि चुनौती

असल शासन प्रतिनिधि

रबिन्द्र लामिछाने

कार्यकारी निर्देशक, क्लिन अप नेपाल काठमाण्डौं

१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के, के कार्यक्रमहरु संचालन गरिरहेको छ ?

– यस संस्थाले नेपालमा लो ग्रेड प्लास्टिक र प्रयोग गरिएका पेय पदार्थका कार्टुनका लागि रिसाइक्लिङ प्लान्ट स्थापना गरी मूल्य अभिवृद्धि, ईन्टरसेक्नशल ग्रिन फ्युचर्स, जलबायु न्याय, एसईईएल च्याम्पियन, बृक्षारोपण अभियान, सफाई अभियान, सफा नेपाल एप्स कार्यान्वयन लगायतका परियोजना, कार्यक्रम, अभियान सञ्चालन गरिरहेको छ ।

२. यहाँहरुको सहकार्य कुन, कुन संस्था, निकायसँग रहेको छ ।

– पिपुल ईन निड, द एसिया फाउण्डेसन, आईएम स्विडिस, द रोयल एकेडेमी अफ ईञ्जिनियरिंग, लक्ष्मी सनराईज बैंक र नेपाल सरकारसँग हाम्रो सहकार्य रहेको छ ।

३. यहाँहरुको कसका लागि कहाँ, कहाँ काम गरिरहनु भएको छ  ?

– हामीले सिमान्तकृत बर्ग, पछाडी पारिएका व्यक्ति महिला, युवा, बालबालिका, दलित, सरसफाईमा संलग्न व्यक्ति, अपाँगता भएका व्यक्ति, बिद्यार्थी लगायतका लागि आवश्यक भएका ठाउँहरुमा काम गर्छाै ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के, के चुनौतीहरु सामाना गर्नुपरेको छ ?

– श्रोतको पहिचान, परिचालन, परिवर्तित राजनीतिक अवस्था, मानविय श्रोत, संरचना, प्रबिधि आदि कुराहरुको सामना गर्दै आएका छौं ।

५. आगामी योजना र कार्यक्रम के छ ?

– भौगोलिक कार्य क्षेत्र बृद्धि गरि कार्यक्रम सञ्चालन गर्ने योजना छ । सिएसआर फण्डको लागि सहकार्य बढाउनुका साथै अन्तराष्ट्रिय आवद्धता बढाउने योजनाका साथ हामी अगाडी बढिरहेका छौं ।

६. अन्तमा के भन्नु हुन्छ ?

अन्तमा सबै जना मिलेर यो देशका लागि योगदान दिऔं भन्ने मेरो सन्देश रहेको छ ।

  • ५ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech