सकियो कुतियाकभर- केचनाकेवल साइकल यात्रा

असल शासन प्रतिनिधि

बाँके/ पश्चिमदेखि पूर्व साइकल यात्रा सम्पन्न भएको छ ।

बाँकेका साइकल अभियन्ता सतिश निरौला र रमेश मल्लले सुरु गरेको सो यात्रा सम्पन्न भएको हो ।

एक हजार एक सय १५ किलोमिटर दुरी पार गर्दै उक्त यात्रा मङ्गलबार सम्पन्न भएको हो ।

उनीहरुले सुदूरपश्चिमको महाकाली नदीस्थित कुतियाकभरदेखि यात्रा सुरु गरेका थिए । मंगलबार १२औँ दिन सुदूरपूर्व मेचीस्थित केचनाकेवलमा उक्त यात्रा सम्पन्न भएको साइकल यात्रीहरुले जानकारी दिए ।
Tandem Cycle को १२ दिने साइकल यात्रामा १११५ किलोमीटर यात्रा का रोमाञ्चक, कष्टकर र नौलो यादहरु हामीले जीवनभरीलाई सङ्गाल्दै सफलताका साथ यात्रा पुरा गर्न पाउँदा अत्यन्तै खुशी छौं – साईकल यात्री सतिस निरौलले भने ।

  • ६ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech