शासकहरू कुर्सी जोगाउन गुलामीमा लिप्त : राजेन्द्र महतो

असल शासन प्रतिनिधि

नेपालगन्ज ७ चैत/ नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गरेका छन् ।

राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको क्रममा अब यसरी देश नचल्ने बताए उनले भने, ‘अहिले ७० वर्षदेखि जसरी शासन गर्यो त्यसरी अब चल्न सक्दैन त्यो परिस्थिति र अवस्थासँगै सत्ता बदल्नको लागि अभिनय अगाडि बढेको छ ।

देशव्यापी अभियानका क्रममा नेपालगञ्ज आएका महतोले पत्रकार सम्मेलनमा देशको आर्थिक स्थिति बारे चर्चा गर्दै युवा जनशक्ति हजारौंको संख्यामा विदेश पलायन भईरहेको बताए ।

उनले भने, ‘विश्वको नेपाल गरिब देशको दर्जामा गइसकेको छ । कुनै पनि क्षेत्र सन्तोषजन अवस्थामा छैन । यो चिन्ताजनक विषय हो ।’ लोकतन्त्र देखि गणतन्त्र सम्म पाएरपनि जनतको अवस्थामा भने परिवर्तन ल्याउन नसकिएको उनले बताए ।

उनका अनुसार विधान र व्यवस्थामा पटक पटक परिवर्तन भयो तर अवस्थामा परिवर्तन नहुनुको कारण विचार र व्यवहार रहेको उनले जिकिर गरे । आफ्नो विचार प्रकट गर्दै उनले भने, ‘मलाई के लागेको छ भने यो देशको शासन जुन ज्ञान सत्ता त्रुटिपूणर् भयो जस्तो लाग्छ । यो सामाजवादी विचारधारामा शासन, उदारवादी विचारधारामा शासन, पुँजीजादी पश्चिमी सभ्यताबाट उत्पन्न भएका मार्क लेलिन लगायतका विचारधाराबाट गरिएका शासन नेपालमा पनि फलदायी भएन ।’ बहुदलीय व्यवस्था आएदेखि त्यहि विचारधारा लिएर शासन भईरहेको र समस्या हल गर्न नसेकेको बताए । पटक पटक समिधान परिवर्तन भएर पनि समस्या जहाँको त्यहि रहेको उनले विचार प्रस्तुत गरे । विगत देखि देशमा आन्दोलन, लडाई, झगडा, संघर्ष मात्रै भईरहेको उनले जिकिर गरे ।

उनले भने, ‘नेपाल कसैको गुलाम भएन । तर यहाँको शासकको मानसिकता चरित्रचाही अफ्नै देशको जनतालाई गुलाम ठान्ने मानसिकता पनि समस्याको कारण हो ।’

उनले सबैको पहिचान, अस्तित्वलाई राज्यसत्तामा सहभागी गराउनुपर्ने बताएका छन । उनले थप भने, ‘यो देश बहुल हो, बहुलतालाई स्विकार गरेर संविधान बनाउनुपर्छ र चलाउनुपर्छ । एकल चलाए भने यो देश अगाडि बढ्न सक्दैन । यो देश सबैको हो, सम्पूर्ण नेपालीको हो र सम्पूर्ण नेपालीको लागि नेपाल बनाउनुपर्यो ।’

नेपालको शासन, संविधानको संरचना सबै पहिचानलाई आत्मसाथ गर्ने किसिमले निर्माण गर्नुपर्ने महतोले बताए ।

  • ७ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech