भेरी अस्पतालमा नागरिक गुनासो संकलन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / भेरी अस्पताल नेपालगन्जमा सेवाग्राहीहरुले अस्पतालको सेवा प्रवाहमा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।

बास नेपालले आज भेरी अस्पतालमा गरेको नागरिक गुनासो संकलन कार्यक्रममा अस्पतालले प्रवाह गर्ने सेवाका बारेमा बोल्दै अधिकांस सेवाग्राहीहरुले यस्तो गुनासो गरेका हुन् । अस्पतालमा भर्ना भएका बिरामीको चेक जाँचका लागि डाक्टरले कम समय दिने गरेको, ल्यावको रिपोर्ट ढीलो गरी आउँदा बिरामी र कुरुवाले निकै समस्या भोग्नु परेको बताए ।

नागरिक गुनासो संकलनको क्रममा राखिएका अन्य गुनासोहरुमा अस्पतालमा सुरक्षित पार्किङको ब्यवस्था नभएको, शौचालय भएपनि सरसफाई नहुने गरेको, भिडियो एक्सरे रिपोर्ट समयमा नआउने, ओपिडीमा जेष्ठ नागरिकहरुलाई पनि लाईन लगाउने गरेकोमा सिधै चेकजाँचको ब्यस्था मिलाउनु पर्ने, प्रसुति गृहमा सरसफाई गर्ने कर्मचारीहरुले रकम माग्ने गरेकोे, आकस्मिक कक्ष बाहिर बिरामी कुरुवाहरु का लागि बस्ने ब्यवस्था हुनुपर्नेे, समयमा उपचार नहँुदा पटक पटक धाउनुपर्ने लगायतका गुनासाहरु राखेका थिए । यसैगरी अस्पताल परिसरमा सेवाग्राहीले देख्नेगरी नागरिक वडापत्र राख्नु पर्ने लगायत कागुनासो राखेका थिए । गुनासो संकलनको क्रममा २४ जना महिला र २६ जना पुरुष गरि ५० जनाको गुनासो संकलन गरिएको थियो । नागरिक गुनासो संकलन कार्यक्रममा बासका जनसम्पर्क अधिकृत माधव कुमार कार्की, बासका कार्यक्रम सहायक सरिता बिक, नानीमाया देवकोटा, तेजस जंग शाह, चन्द्रलाल जैसी र दिपक थापा लगायतले गरेका थिए ।

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech