रिडर्स क्लवमा बिपना

असल शासन प्रतिनिधि

नेपालगञ्ज / सरस्वती मा.वि नेपालगञ्जकी विपना शाही रिडर्स क्लवको संयोजकमा चयन भएकी छिन् ।

असल शासन सुचना केन्द्रले सञ्चालन गरेको लाईब्रेरीमा पठन पाठनको संस्कृतिलाई बढवा दिन र पढ्ने पढाउने संस्कृतिको विकास गर्न, अध्ययनशिल समाज निर्माण र युवाहरु लाई उत्प्रेरीत गर्ने उद्धेश्यले बिभिन्न बिद्यालयमा रिडर्स क्लवहरु गठन गर्दै आएको छ ।

सोही क्रममा आज सरस्वती माविमा ६ सदस्यीय रिडर्स क्लव गठन गरिएको छ भने रिडर्स क्लवको संयोजकमा बिपना शाही रहेकी छन् त्यस्तै सदस्यहरुमा करिस्मा खनाल, पुष्पा डाङी, तृप्ति तिमिल्सेना, स्नेहा पासी र नाजरिन अन्सारी रहेकी छिन् । बास नेपालकी सहजकर्ता रमिता शाहको उपस्थितिमा रिडर्स क्लव गठन गरिएको हो ।

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech