भूकुम्प प्रभावितप्रति जवाफदेहिता कार्यक्रमको प्रगति समिक्षा

रबिन्द्र बोहरा

जाजरकोट र रुकुम पश्चिममा कार्तिक १७ गते गएको भुकुम्पबाट भएको क्षति पश्चात संचालन गरिएको प्रतिकार्य कार्यको समिक्षा गरिएको छ । युनिसेफको सहयोगमा बास नेपालद्धारा संचालित जोखिमपूर्ण संचार तथा प्रभावितप्रति जवाफदेहि र सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उक्त समिक्षा गरिएको हो ।
जाजरकोटको नलगाड नगरपालिकामा आयोजित कार्यक्रममा भेरी नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका ३० जना सभुकुम्प प्रभावित क्षेत्रमा काम गर्ने बासका स्वयंसेवकहरु सहित ३५ जनाको उपस्थिती रहेको थियो ।

नलगाड नगरपालिकाका कार्यवाहक नगरप्रमुख कौशी बहादुर बिष्ट, राजश्व शाखाका प्रमुख किरण थापा, बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी र जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रमा बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए ।
समिक्षामा बोल्दै कार्यवाहक नगरप्रमुख कौशी बहादुर बिष्टले कार्यक्रम प्रभावकारी भएको तथा कार्यक्रम मार्फत समुदायमा स्वास्थ्य, शिक्षा, सामाजिक जीवन यापनमा सरलता आएको र प्रभावित मानिसहरुको मानसिक पिडामा मलम लगाउने कार्य भएको बताए ।

समिक्षामा प्रभावित क्षेत्रमा काम गरिरहेका स्वयंसेवहरुले आफुहरुको कामप्रति गर्भको महसुस भएको र समुदायमा राहत वितरण गर्न, बालबालिकालाई खोप लगाउन, गर्भवती सुत्केरी स्यहार गर्न, खानेपनी सरसफाई तथा शौचालय निमार्ण गर्न सहयोग गरेको बताए ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आयोजित कार्यक्रमा आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा काम गरिरहेका २१ जना सहित ३३ जना उपस्थिति रहेको थियो । आठविसकोट नगरपालिकाका नगरप्रमुख रबि केसीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशीले प्रगति प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए ।
समिक्षामा बोल्दै नगरप्रमुख रबि केसिले कार्यक्रम उपलब्धिमूलक भएको र आगामी दिनमा समेत कार्यक्रमको दिगोपनाको लागि बास नेपालले नियमित स्रोतको खोजी गरि कार्यक्रम संचालन गर्नु पर्ने र बास नेपालले संचालन गरेको नागरिक सहायता कक्ष पालिकाले अपनत्व ग्रहण गरि निरन्तर संचालन गर्ने बताए ।
समिक्षामा बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्वागत र समिक्षाको उद्धेश्यबारे जानकारी गराएको थिए भने अनुगमन अधिकृत हरि प्रसाद जोशीले कार्यक्रमको संचालन गरेका थिए ।

 

  • १० चैत्र २०८०, शनिबार प्रकाशित

  • Nabintech