जाजरकोट र रुकुम पश्चिममा बासका उपशाखा बिस्तार

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / बास नेपालले जाजरकोटको दुई पालिका र रुकुम पश्चिमको २ पालिका गरी शनिबार मात्र ४ पालिकामा उपशाखा गठन गरेको छ ।

बास नेपालको पुर्ब केन्द्रीय अध्यक्ष मन भण्डारी,जन सम्पर्क अधिकृत माधव कार्की, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा र बास जिल्ला शाखा अध्यक्ष बिनोद आरसीको उपस्थितिमा जाजरकोटको नलगाड नगरपालिकामा बासको उपशाखा गठन गरिएको हो ।

११ सदस्यीय नलगाड उपशाखाको अध्यक्षमा सिमोना खड्का चयन भएकी छिन भने उपशाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश तबिला खत्री, करिष्मा थापा, निर्मला बिष्टर हरिमाया बिक रहेका छन् । सदस्यहरुमा क्रमश दिवस परियार, प्रेम बहादुर परियार, शान्ती शाह, कल्पना बिष्ट, रचना वली र यलीशा शाही रहेका छन् ।

त्यसैगरी रेबिका बि.क को अध्यक्षतामा जाजरकोटको बारेकोट गाउँपालिकामा ९ सदस्यीय उपशाखा गठन गरिएको छ भने बारेकोट उपशाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषध्यक्षमा क्रमश शुसिला नेपाली, प्रकाश गिरी, धन बहादुर नेपाली, कमला गिरी रहेका छन् । उपशाखाको सदस्यमा कमल नेपाली, ललिता नेपाली, भुमिसरा बिक र शिला बिक रहेका छन् ।

त्यसैगरी बास नेपालको पुर्ब केन्द्रीय अध्यक्ष मन भण्डारी,जन सम्पर्क अधिकृत माधव कार्की, कार्यक्रम अधिकृत हरि प्रशाद जोशी र बास जिल्ला शाखा अध्यक्ष करण बिकको उपस्थितिमा रुकुम पश्चिमको आठबिसकोट नगरपालकिामा ९ सदस्यीय उपशाखा गठन गरिएको छ ।

ईतिहाँस बिकको अध्यक्षतामा गठन भएको उपशाखामा क्रमश र उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश रेखा बिक, बसन्त परियार, मिना बुढा र नम्रता परियार रहेका छन् भने सदस्यहरुमा प्रकाश चन्द, हिरा केसी र भगवती पोख्रेल रहेका छन् ।

त्यसैगरी सानीभेरी गाउँपालिकामा धनबिर परियारको अध्यक्षतामा सानीभेरी उपशाखाका गठन गरिएको छ । ९ सदस्यीय उपशाखाको उपाध्यक्ष, सचिव सहसचिव र कोषाध्यक्षमा क्रमश कमला खड्का, अशोक परियार, निर्जला घर्ति र पबित्रा खत्री रहेका छन् । उपशाखाका सदस्यहरुमा क्रमश बिपना बुढाथोकी, हिरा खड्का र अमृता वली रहेका छन् ।

  • १० चैत्र २०८०, शनिबार प्रकाशित

  • Nabintech