चिसापानीको पुलबाट हाम फाल्ने एक युवक बेपत्ता

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली), १२ चैत्र/ कैलालीको चिसापानी पुलबाट हाम फाल्दा एक जना युवक बेपत्ता भएका छन् ।

पुलबाट हाम फाल्दा लम्किचुहा नगरपालिका वडा न ३ स्थित चिसापानीका ३० बर्षिय लोकेन्द्र शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवत्ता कुलदिप चन्दले जानकारी दिनुभयो ।

बजारबाट होली खेल्दै एक हुल युवाहरुको जमात चिसापानी पुल तर्फ गएको थियो । मादक पदार्थ सेवन गरेका युवाहरुलाई पुल तर्फ नजानका लागि प्रहरीले सम्झाई बुझाई समेत गरेको प्रवत्ता चन्दले बताउनुभयो ।

चन्दका अनुसार युवाहरुले पुलमा फोटो मात्रै  खिचेर फर्किन्छौ भनेका थिए, तर एकाएक सबैले पुलबाट हाम फाले ।

दिउसो करिब ४ बजेतिर हाम फाल्ने १७ जना मध्य १६ जना सकुशल पौडि खेल्दै बाहिर आए थिए भने शाही बेपत्ता भएका हुन । उनको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

  • १२ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech