होलि फेस्टमा तनाव !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ टिम डिएजले नेपालगन्जको राँझा आर्मी ब्यारेक पछाडि भैयापुरमा आयोजना गरेको होलि फेस्ट २०८० मा तनाव हुँदा कार्यक्रम सम्पन्न हुन नपाउँदै बन्द गरिएको छ ।

युवा दिनेश थापा नेतृत्वको टिम एजले आयोजना गरेको कार्यक्रममा लाईभ गित, नृत्य, लाईभ डिजे लगायतका कार्यक्रम भईरहेका थिए ।

होलि र्याम्प सो मन्चमा भईरहँदा एक दर्शकले बोत्तल प्रहार गरे । कार्यक्रम संचालक समीर श्रेष्ठले बोत्तल प्रहार नगर्न अनुरोध गरिरहँदा दर्शकहरुकै बिचमा झडप भयो । सुरक्षाका लागि तैनाथ सेक्युरिटीले झडपलाई नियन्त्रणमा लिन नसके पछि प्रहरी कार्यक्रम स्थल तर्फ प्रबेश गर्यो ।

प्रहरीले बल प्रयोग नगरी अवस्थालाई नियन्त्रणमा लिन खोज्दा अवस्था झन गम्भीर बन्यो । मदिराले लठ्ठीएका युवाहरु प्रहरी माथिनै जाई लागे, एक महिला दर्शकले त सो क्रममा प्रहरीको औंला टोकिदिईन्, अर्का युवाले एक प्रहरीको मुखमै हिर्काईदिए ।

केही समयको रस्साकस्सी पछि प्रहरीले झडप गर्नेहरुलाई नियन्त्रणमा लियो । उता हातमा मदिरा, चुरोट बोकेर स्टेचमा पुगेका युवाहरूलाई स्टेचबाट तल झार्न आयोजकलाई हम्मे हम्मे पर्यो ।

यहि सेरोफेरोमा पुनः झडपका घटनाहरु घट्ने सम्भाव्यतालाई मनन गर्दै कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्यो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन शाहले स्टेचमा पुगेर माईक समात्दै कार्यक्रम स्थगित भएको जानकारी दिए र भने- कार्यक्रममा सहभागी हुनुभयो, रमाइलो गर्नुभयो धन्यवाद, अब कार्यक्रम यहि सकिन्छ ।

आयोजकले कार्यक्रम निरन्तर गर्न खोजेपनि प्रहरीले मानेन र कार्यक्रम सकियो । प्रहरीलेनै सिटि बजाएर दर्शकहरुलाई घर पठाएको थियो ।

कार्यक्रम सकिएको जानकारी गराउदै गर्दा बाँके प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नारायण डाङ्गि कार्यक्रम स्थल पुगेका थिए ।

कार्यक्रम स्थलमा फुड, कलर स्टलहरु थिए भने मट्का फोड्ने प्रतियोगिता पनि आयोजना गरिएको थियो । सुरक्षा व्यवस्था राम्रो गर्दा गर्दै कार्यक्रम स्थलमा समस्या आउँदा कार्यक्रम पूर्णरूपमा संचालन गर्न असमर्थ रहेको डिएज ग्रुपका अध्यक्ष दिनेश थापाले बताए ।

 

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech