श्रीमानद्वारा श्रीमतीको हत्या

असल शासन प्रतिनिधि

कोहलपुर/ बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ ।

आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि श्रीमानले हत्या गरेका हुन् ।

बाँके कोहलपुर १४ बस्दै आएका २२ वर्षिय अनिल बिकले आफ्नै २१ वर्षिया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरि हत्या गरको प्रहरीको भनाई छ ।

स्थायी घर बर्दियाको बाँसगढी भएका उनीहरू बाँकेको कोहलपुर १४ मा बस्दै आएका थिए ।

सोमबार राती भएको झगडाले उग्र रुप लिदा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरेको छ ।

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech