शाहीको शब फेला

असल शासन प्रतिनिधि

चिसापानी/ होलीको दिन चिसापानी पुलबाट हाम फाल्दा बेपत्ता भएका लोकेन्द्र शाहीको शव टीकापुरको सन्कट्टी घाटमा फेला परेको छ ।

गत सोमबार चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए । तीमध्ये ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । व्यापक खोजी पश्चात्  चार दिन पछि शाहीको शब फेला पारेको लम्किचुहा नगरपालिकाका प्रबक्ता लब बहादुर शाहीले बताए ।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech