महिला हक अधिकार बारे कानुनी साक्षरता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ महिलाहरुको हक, हितका लागि क्रियाशिल गैर सरकारी संस्था दिदि बहिनी समाज, बाँकेको आयोजनामा महिला हक अधिकार बारे कानुनी साक्षरता बिषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १२ नम्वर वडा कार्यालयको सहयोगमा वडाका महिलाहरुलाई लक्षित गरि चैत्र १६ गते सचेतनामूलक कार्यक्रम नेपालगञ्जमा  सम्पन्न भएको हो ।

महिला हक, अधिकारका पक्षमा वकालत गर्ने, महिला हिंसा न्यूनीकरणका लागि सचेतना जगाउने, महिला हिंसा बिरुद्ध महिलाहरुलाई प्रशिक्षण दिने, महिला हक, अधिकारका बारेमा भएका कानुनी प्रावधान बारे जानकारी गराउने र महिला हक, अधिकार बारे कानुनी साक्षरता जगाउने उद्धेश्यले आयोजित कार्यक्रमको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिका १२ नम्वर वडाका वडाध्यक्ष तरुण बज्राचार्यले गरेका थिए ।
उद्घाटन गर्दै अध्यक्ष बज्राचार्यले महिलाहरुका पक्षमा बनेका कानुनहरु बारे जानकारी गराई जागरुक गराउन तालिम आयोजना गरिएको बताए ।

उद्घाटन शर्तमा नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख मञ्जु पाण्डे, कानुन शाखा प्रमुख माया शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष दिला शाहले सञ्चालन गरेको कार्यक्रममा सदस्य शिवा शाहले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् भने उद्घाटन शर्तको समापन संस्थाकी अध्यक्ष रमादेबि शाहले गरेकि थिईन् ।

६० बढि महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा उच्च अदालत बार ईकाईका अध्यक्ष अधिबक्ता चित्र बहादुर शाही र अधिबक्ता सरिता पौडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा लैंगिक हिंसा, महिला अधिकार, लैंगिक हिंसा बिरुद्धका कानुन, स्थानीय सरकारको भुमिका, सामाजिक समोशिकरण, लैंगिकता, लैंगिक समानता, महिला हक, अधिकार बारे संबिधान, कानुनमा भएको व्यवस्था, महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन सम्बन्धी महासन्धिमा भएको व्यवस्था र बर्तमान अवस्थामा महिला हिंसा र सबैले जान्नै पर्ने कानुनी व्यवस्थाका बारेमन प्रशिक्षण दिईएको थियो ।

पहिलो चरणमा ६० जना महिलाहरुलाई प्रशिक्षण दिईएको छ भने अर्काे चरणमा अन्य ४० जना महिलाहरुलाई कानुनी साक्षरताका बारेमा प्रशिक्षण दिईने दिदी बहिनी समाज बाँकेले जनाएको छ ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech