नक्कली औषधी बिक्रेता जेल चलान

असल शासन प्रतिनिधि

बाँके/ बाँकेका एक नक्कली औषधी बिक्रेता कारागार चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा गत फागुन २४ गते सरोकारवाला निकायको सहभागितामा बजार अनुगमनका क्रममा फेला परेका नक्कली बिक्रेता जेल चलान भएका हुन् ।

डुडुवा गाउँपालिका ६ चौधरीपूर्वाका नक्कली औषधी बिक्रेता विकास लखेरलाई माग गरेको एक लाख रुपियाँ धरौटी बुझाउन नसक्दा जिल्ला अदालत बाँकेले आइतबार कारागार चलान गरेको हो ।

प्रशासनको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा लखेरले डुडुवा गाउँपालिका वडा नं. ६ स्थित चौधरीपूर्वामा नक्कली औषधी पसल सञ्चालन गरेको पाइएको थियो । अनुगमन टोलीले तत्काल उक्त पसललाई बन्द गरेर बिक्रेता लखेरलाई पक्राउ गरेको थियो ।

नक्कली औषधी बिक्रेता विकास लखेरलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमार्फत् कारबाही अगाडि बढाइएकोमा औषधी ऐन २०३५ अनुसार ५ वर्ष कैद र ५० हजार जरिवाना दाबी गरी अदालतमा अभियोग दर्ता गरिएको थियो ।

आइतबार जिल्ला अदालतबाट लखेरलाई एक लाख रुपियाँ धरौटी माग भएकोमा उनले धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएको बाकेका प्रजिअ श्रवण कुमार पोख्रेलले बताए ।

लखेरले प्रचलित कानुन अनुसार दर्ता नभएको औषधी पसल सञ्चालन गर्दै आएका थिए ।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech