अघि बढ्दै पूर्ब बिद्यार्थी समाज

असल शासन प्रतिनिधि

झबिलाल शर्मा, अध्यक्ष
पूर्ब बिद्यार्थी समाज, जनता माबि खजुरा, बाँके

तपाईको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु संचालन गरिरहेको छ ?
– मेरो नेतृत्वमा रहेको संस्थाले विद्यार्थी उत्प्रेरण कार्यक्रम, विद्यालयमा निशुल्क स्वास्थ्य शिविर, धार्मिक पर्यटकिय स्थानको भ्रमण, विद्यालयमा स्वर्ण महोत्बवको उपलक्ष्यमा स्वर्ण स्तम्भ निर्माण, देउसी भैलो कार्यक्रम संचालन गरि आर्थिक संकलन, उत्कृष्ट विद्यार्थी, खेलाडी सम्मान, पूर्व प्रधानाध्यापकहरुलाई सम्मान, समाजको कार्यालय स्थापना, विद्यालयहरुको लागि सरसफाई सामाग्री हस्तान्तरण र अक्षयकोष निर्माण गर्ने काम गरिरहेको छ ।

यहाँहरुले कुन कुन संस्थाहरुसंग समन्वय र सहकार्य गरिरहनु भएको छ  ?
– हामीले विद्यालय, बास नेपाल, भिजन आखा अस्पताल, नेपालगंज न्यूरो, थोपा प्रयोगशाला बाँके, हाम्रो सर्जिकल हाउस, डिके फुड एण्ड मिट र खजुरा गाँउपालिकासँग समन्वय, सहकार्य गरेर काम गरिरहेका छौं ।

यहाँहरुले कसका लागि कहाँ काम गरिरहनु भएको छ ?
– हामीहरुले श्री जनता मा.वि. का पूर्व विद्यार्थीहरु लगायत विद्यालय संग सम्बन्धित अग्रज शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति लगायत समुदायका लागि खजुरा गाउँपालिका क्षेत्रमा कार्य गरिरहेका छौ ।

सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतिहरु सामना गर्नु परेको छ ?
– हामीले सुरुवात गरेको पूर्व विद्यार्थी समाज नितान्त नयाँ अवधारणा भएको हुँदा समाजमा विभिन्न थरिका आकलनहरु हुने गरेको पाएका छांै । अहिलेको समाज पुरै राजनैतिक दलमा विभाजन भएको अवस्थामा हामीलाई राजनैतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका रुपमा प्रयोग गर्न खोज्नु तेसो नुहँदा विभिन्न राजनैतिक दलको ट्याग लगाउने गरेको पाउछौ । हाम्रो पूर्व विद्यार्थी समाज प्रति विद्यालयको अपेक्षा उच्च रहेको छ ति अपेक्षालाई हामीले पुरा गर्न सकांैला या नसकौंला भन्ने पनि हामीलाई तत्कालको चुनौति रहेको छ ।
छ।

आगामी योजना र कार्यक्रम के छ ?
– धेरै भन्दा धेरै पूर्व विद्यार्थीहरुलाई एउटै मालामा गासेर कोही व्यक्ति पनि आर्थिक कारण शिक्षाबाट बन्चित हुन नपरोस त्यसका लागि विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने र आर्थिक अभावले शिक्षाबाट वन्चित वालबालिकाहरुलाई अभिभावकत्व लिने योजना समाजको रहेकोे छ । समाजले आगामी दिनहरुमा विद्यार्थी उत्प्रेरणा कार्यक्रमलाई अझ शसक्त रुपमा पालिका भित्रका अन्य विद्यालयहरुमा समेत लैजाने, स्वास्थ्य शिविर संचालन गर्ने, अक्षयकोष निर्माण गरि सहयोगको क्षेत्र विस्तार गर्ने, उत्कृष्ट विद्यार्थी, खेलाडी लगायत पूर्व अग्रजहरुलाई सम्मान गर्न र नयाँ नयाँ क्षेमताबाट विद्यार्थीहरुलाई थप अवसरको लागि पहल गर्ने आदी लगायतका कार्यक्रमहरु आगामी योजनामा समावेस गरिएका छन ।
अन्तमा के भन्न चाहानु हुन्छ ?
– अन्तमा पत्रिकाले मलाई समाजको वारेमा यो जानकारी लिएर हाम्रो कार्य र आगामी योजनाहरु समुदाय सम्म पु¥याउन दिनु भएको अवसरको लागि आभार प्रकट गर्न चाहान्छु । पूर्व विद्यार्थी समाजको कार्यक्रम लगायत हाम्रो गतिविधिमा सहयोग साथ दिनुहुने विद्यालयका व्यवस्थाप समिति अध्यक्ष केर सिंह थापा, प्रधानाध्यापक श्री महेन्द्र खत्री, खजुरा गाउँपालिका अध्यक्ष श्री डम्वर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, समाजका पधादिकारी एवं सम्पुर्ण सदस्य, सल्लाहकार लगायत आजिवन सदस्यहरु, विद्यालयका शिक्षक लगायत हामीलाई कार्यक्रम संचालन गर्न सहयोग गर्नुहुने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech