६ प्रश्नमा सपना शाही

असल शासन प्रतिनिधि

सपना शाही
गायिका

१. तपाईको जीवनको आदर्श के हो ॽ
– मेरो जीवनको आर्दश गीतसंगीतको माध्यमबाट समाजमा जनचेतना जगाउने र मनोरञ्जन दिने अनी देशका कला संस्कृती रितिरिवाजलाई गीतसंगीत मार्फत संरक्षण गर्ने र संसारमाझ चिनाउने गरी गीतसंगीतमा रमाउनु मेरो आर्दश हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आइृपुग्नु भयो ॽ
– बुबा मुमा र मलाई गीतसंगीतमा प्रेरणा दिने मेरा आमदर्शक श्रोताको उत्प्ररेणाले यहाँसम्म छु । मेरो कोशिस मेरो साधना र कर्म निरन्तर जारी छ ।

३. तपाईले समाजका लागी के गरीरहनु भएको छ ॽ
– मैले समाजका लागी मेरो कला मार्फत समाजका रहेका कला संस्कृती रितिरिवाज लोकभाकालाई संरक्षण गर्न चेतनाको बिकास गर्न गीतसंगीत मार्फत समाजमा योगदान दिन खोजीरहेको हुन्छु । मैले समाजका लागी केही न केही उत्प्रेरणाका कार्य गर्दै आईरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ॽ
– मेरो जीवनको अविस्मरणीय क्षण भनेको कोरोना संक्रमणको समयमा म संक्रमित भएर डाक्टरले समेत आशा मारेको मेरो जीवन फेरी पुर्नरजन्म हुन सकेको क्षण मेरो लागी अविस्मरणीय रह्रयो । मैले फेरी गीतसंगीतलाई निरन्तरता दिन सक्ने भए यही मेरो जीवनमो बहुमुल्य अविस्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन के हो ॽ
– मेरो बुझाईमा असल शासन भनेको भित्री मनले सेवा भावका साथ शासन गर्नु अर्थात स्वच्छ मनले ईमान्दार भएर काम गर्ने शासन गर्नु नै असल शासन हो जस्तो लाग्छ ।

६. समाजका लागी तपाईको प्रतिबद्धता के हो ॽ
– समाजका लागी मेरो प्रतिबद्धता भनेको कलाको माध्यमबाट गीतसंगीतको जर्गेना गर्नु नै मेरो पहिलो प्रतिबद्धता हो भने म पनि यही समाजको देशको सचेत नागरिक हुँ । मैले समाजका सकारात्मक सन्देश फैलाउन मनैदेखी त्यस्ता कृयाकलापमा संलग्न भएर समाजको हितमा लागी पर्नु पनि मेरो अर्को प्रतिबद्धता हो ।

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech