बाँकेको एसईईमा भद्रगोल

असल शासन प्रतिनिधि

बाँकेको एसईईमा भद्रगोल

नेपालगन्ज/ एसईई सुरु भएदेखि नै देशका विभिन्न ठाउँमा परीक्षा सुरु भएको केहीबेरमै प्रश्न पत्र लिक भएको भन्दै सामाजिक सञ्जालमा छरप्रष्ट पारिएको पाइन्छ ।

प्रविधिको दुरुपयोग गरेर प्रश्नपत्र लिक गरी विद्यार्थीसम्म प्रविधिकै प्रयोग गरी पुर्याउने गरेको बाँकेमै भेटिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाखरेलले मंगलबार विहान एसईई परीक्षामा प्रश्नपत्र आउट गरेर उत्तर पठाउने गिरोहको नेटवर्क ध्वत हुने जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले दिनभर अनुसन्धान पछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा लोटस इङ्गलिस मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र सोही बिद्यालयका पार्टटाइम शिक्षक अलताफ खान, एउटा कन्सल्टेन्सीका सञ्चालक इरफान अली मिकरानी तथा दिलिप विक र सन्तोष नेपाली रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । कन्सल्टेन्सीमा कार्यरत एक कर्मचारीलाई भने सोधपुछ पछि प्रहरीले छाडेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले उनीहरु विरुद्ध अनुसन्धानपछि प्रहरीले मुद्दा तय गर्ने बताए ।

परिक्षालाइ मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष सहितको टिमलाई परिवर्तन गरिएको प्रजिअ पोखरेलले बताए ।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech