६ प्रश्नमा सुबोध सिंह थारु

असल शासन प्रतिनिधि

सुबोध सिंह थारु
सदस्य, राष्ट्रिय थारु आयोग

१. तपाईको जीवन को आदर्श के हो ?
– समाज सेवाका नै मेरो जिवनको आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– मेरो आमा बुवाको प्रेरणाले गर्दा र बुवाको सधै समाजिक सेवा गर्नु पर्छ भन्ने बिचारले प्रभावित भएर म यहाँ सम्म आईपुगेको हु ।

३ तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– सानै देखि म सरकारी जागिर भएर नागरिकहरुलाई सेवा दिदै आएको म पत्रकारिता हुँदै हाल रास्ट्रीय थारु आयोको सस्दस भएर नियम कानुन बनाउने काममा सहयोग गरिरहेको छु । बनेका नियम कानुनमा रहि थारुहरुको हितमा नीति नियमहरु बनाउने काम गरिरहेको छु ।

४. तपाईको जिवनको अबिस्मरणिय छन के हो ?
– सास्कृतिक परम्परा बचाँउ भन्ने उदेश्यले २०६० साल तिर फुलवार रास्ट्रीय साप्ताहिक थारु भाषामा पत्रिका प्रकाशीत गदै गर्दा बरिष्ठ पत्रकार पुर्ण लाल चुके दाईको सहयोगमा प्रकासन गर्न लागेको तर पहिलो आफ्नो काममा प्रेसले कामै नगर्ने भएपछि पूर्णलाल चुके दाईले तिमिहरुको थारु देबि देउतालाई पुजा गरेर निकाल्न सल्लाह दिनु भयो त्यसपछि मात्र प्रेसले काम गर्न थाल्यो त्यो नै मेरो लागि अबिश्मरणिय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– राज्यका सबै निकायले निश्पच भएर जनताको सेवा गर्नु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– सानै देखि म जिज्ञासु स्वभाववको भएकोले सानै देखि मानिसमा धनी र गरिव मान्छे किन हुन्छन भन्ने जान्न ईच्छुक भएकाले सबै जनता गाँस, बास, कपास लाई कसरी प्रभावकारी गराउन सकिन्छ ? थारु समुदायको हक हितको लागि कसरी सशक्तीकरण गराउन सकिन्छ भनेर लागिरहने र सांबिधानमा लेखेका कुराहरु लाई व्यवहार मा लार्ग गराउनका साथै उनीहरुको हक हितका लागी ऐन नियम बनाउन तर्फ लाग्ने प्रतिबद्धता रहेका छ ।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech